डेबिड वार्नरलाई सनराइजर्स हैदरावादद्वारा रिटेन

डिसी नेपाल
३० कार्तिक २०७५ ५:४३

एजेन्सी । इण्यिन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले बिहीबार पूर्व कप्तान अस्ट्रलियन विस्फोटक ब्याट्सम्यान डेबिड वार्नरका लागि खुसी समाचार दिएको छ, ।

बल टेम्परिंग स्क्यान्डलका कारण गत वर्षको आईपीएल सिजन गुमाएका वार्नरलाई आगामी सिजनका लागि आफ्ना पूर्व कप्तानलाई सनराईजर्सले रिटेन गरेको छ ।

तर, अब पनि उनी कप्तान हुन्छन वा हुँदैनन् त्यो भने खुलाइएको छैन । वार्नरको अनुपीथतिमा न्यूजील्याण्डका केन विलियम्सनले कप्तानको भूमिका राम्रोसँग निभाएका थिए ।

तुलनात्मक रुपमा टेस्ट प्लेयरको छविका विलियम्सनले गत सिजन आईपीएलमा धुम मच्चाएका थिए । उनको स्ट्राइक रेट र औशत निकै लोभलाग्दो थियो । तर, अब वार्नर पनि टिममा फर्केपछि कप्तान को बन्छ भन्ने प्रश्न उब्जिएको छ । सनराइजर्स गत सिजनको उपविजेता टिम हो । टिमलाई त्यो स्थानसम्म पुर्याउन केनकै मुख्य भूमिका थियो ।

सनराइजर्सले वार्नरसँगै विदेशी खेलाडीहरु अस्ट्रलियन तीव्र गतिका बलर बेली स्टनलेक, केन विलियम्सन, अफगानी स्टार राशिद खान तथा मोहम्मद नाबी, बंगाली टाइगर शकिब अल हसनलाई पनि रिेटेन गरेको छ ।

उसले एलेक्स हेल्स, कार्लोस ब्रेथवेट, क्रिस जर्डन र भारतीय विकेटकिपर रिद्धिमान साहलाई रिलिज गरेको छ । यसअघि सनराईजर्सले शिखर धवनलाई दिल्ली डेयर डेभिल्सलाई बेचेको थियो भने अभिशेक शर्मा र विजय शंकरलाई ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *