महिला विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत समूह विजेता

डिसी नेपाल
२ मंसिर २०७५ १४:१६

एजेन्सी । भारत समूह विजेता बन्दै आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई ४८ रनले हराएर भारत समूह विजेता बनेको हो।

ग्युएनामा भारतले दिएको १६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ४ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो।

अष्ट्रेलियाका एलेक्सजेन्ड्रा पेरीले अविजित ३९ तथा एस्लिघ गार्डनरले ३० रन जोडिन । अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतकी अनुजा पाटिलले ३ तथा दिप्ती शर्मा, राधा यादव र पुनम यादवले २/२ विकेट लिईन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन जोडेको थियो। भारतका लागि स्मृति मन्धनाले ८३ रनको अर्धशतकीय इनिङस खेल्दा कप्तान हर्मानप्रित कौरले ४३ रन जोडिन। अष्ट्रेलियाकी एलेक्सजेन्ड्रा पेरीले ३ विकेट लिईन्।

अष्ट्रेलिया माथिको जितसंगै समूह ‘बि’ को भारतले ४ खेलमा ४ जितसहित ८ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो।

भारतले अब समूह ‘ए’ को उपविजेता र अष्ट्रेलियाले विजेतासंग खेल्नेछ। समूह ‘ए’ वेष्ट इण्डिज र इंग्ल्यान्डबीच समूह विजेता र उपविजेताका लागि प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *