मङ्सिर ८ गते विप्लवको विशाल जनसभामा, प्रकाण्डले सम्बोधन गर्ने

डिसी नेपाल
२ मंसिर २०७५ १५:५५

काठमाडौँ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ ।

जनसभा तयारी उपसमितको बैठक समेत सम्पन्न भएको छ । बैठकले कार्यक्रमको प्रचारप्रसार तिव्र पार्ने निर्णय समेत गरेको छ । राज्य पक्षले पक्राउ गर्न सक्ने सम्भावना भएपछि महासचिव विप्लव उक्त सभामा सहभागि नहुँने जनाइएको छ।

प्रचारप्रसारलाई तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, भीमप्रसाद चापागाईं, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए । नेकपाको उक्त जनसभालाई नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायतका वरिष्ट नेताहरुले सम्बोधन गर्ने छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *