‘ए’ डिभिजन लिग : सङ्कटाद्वारा जावलाखेल पराजित

डिसी नेपाल
३ मंसिर २०७५ ९:३८

काठमाडौँ,। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो ।

सङ्कटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औंँ मिनेटमा गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा एलोन म्यास्कवेलले रातो कार्ड पाएपछि सङ्कटा १० खेलाडीमा सीमित बनेको थियो । खेलको ८५औँ मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी म्यान अफ द म्याचसमेत भए । जीतसँगै सङ्कटाले ६ अङ्क जोडेको छ । जावलाखेलको यो दोस्रो हार हो । पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *