पोलिटानोको गोलमा इटालीको जित

डिसी नेपाल
५ मंसिर २०७५ १४:११

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा इटालीले अमेरिकालाई १-० ले पराजित गरेको हो।

घरेलु मैदानमा इटालीलाई जित दिलाउन सब्सीच्युड खेलाडी माटियो पोलिटानोले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम मिनेटमा गोल गर्दै इटालीले जित निकालेको हो।

जेन्कमा भएको खेलमा पोलिटानोले खेलको इन्जुरी समयमा गोल गर्दै इटालीलाई १-० को जित दिलाए । उनले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै रोबर्टो मान्सिनीको उद्दार गरेका थिए ।

पोलिटानो खेलको ८७ औं मिनेटमा केभिनको स्थानमा मैदान प्रवेश गरेका थिए । र, इटालीको लागि निर्णायक गोल गर्न समेत सफल भए ।

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि इटालीले अन्य गोल गर्न सकेनन् । इटालीले १७ पटक अमेरिकाको पोष्टमा धावा बोलेको थियो। इटालीले यसै हप्ता नेसन्स लिगमा पोर्चुगलसंग गोलरहित बराबरी खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *