महिला विश्वकप क्रिकेट: ईङल्याण्ड फाईनलमा प्रवेश

डिसी नेपाल
७ मंसिर २०७५ ५:४८

एजेन्सी । महिला विश्वकप क्रिकेटको उपाधिका लागि ईङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । दोस्रो सेमिफाईनलको खेलमा भारतलाई पराजित गर्दै ईङ्ल्याण्डले अष्ट्रेलियासंगको उपाधि भिडन्त पक्का गरेको छ । दोस्रो सेमिफाईनलमा ईङ्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

१ सय १३ रनको लक्ष्य ईङ्ल्याण्डले १७.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । ईङ्ल्याण्डको लागि एमी जोन्सले ५३ र नेटली साईवरले ५२ रनको अविजित ईनिङ्स खेलेका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारत १९.३ ओभरमा १ सय १२ बनाएर अलआउट भएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ३४ रन बनाएकि थिइन्।

भारतीय ईनिङ्स ध्वस्त बनाउने क्रममा हेथर नाइटले सर्वाधिक ३ विकेट लिईन् । यसअघि भएको खेलमा वेस्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया प्रतियोगिताको फाईनलमा पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *