इंग्ल्यान्डका पाउलले पोखराबाट ईपीएल क्रिकेट खेल्ने

डिसी नेपाल
७ मंसिर २०७५ १२:५८

काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर पाउल कोघ्लिनले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।

आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा अलराउन्डर कोकघ्लिनले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बुधबार कोघ्लिनलाई अनुबन्ध गरेको जनाएको छ।

पोखराले बुधबार मात्रै स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जरलाई अनुबन्ध गरेको थियो। यस्तै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरिसकेको छ।

ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ। जस अनुसार पोखराले कोघ्लिनलाई अनुबन्ध गरेको हो। अनुबन्धको रकम भने खुलाईएको छैन्।

दायाँ हाते ब्याट्सम्यान कोघ्लिन पहिलो श्रेणी र लिष्ट ए क्रिकेट खेलिसकेका खेलाडी हुन्। मिडियम पेस बलर समेत रहेका कोघ्लिन काउन्टी क्लब नट्टीङघमशायरबाट खेल्ने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *