उपत्यकामा अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता हुँदै

डिसी नेपाल
१३ मंसिर २०७५ १:०९

काठमाडौँ । काठमाडौँ, ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता आगामी मङ्सिर २३ गतेदेखि शुरु हुनेछ। हाँडीगाउँस्थित धर्नोन्तरी फुटसल मैदानमा प्रतियोगिता हुनेछ। उक्त प्रतियोगिता एक सातासम्म चल्नेछ। प्रतियोगितामा ६० देखि ७५ कलेजको खेलाडीको सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय हुनेले ५० हजार नगद ट्रफी, मेडल तथा प्रमाणपत्र र तृतीय हुनेले २५ हजारसाथै ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन्।

त्यस्तै सार्वाधिक गोल गर्ने उत्कृष्ट खेलाडीलाई रु पाँच हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *