भारतलाई उपाधि, नेपाल उपविजेता

डिसी नेपाल
१३ मंसिर २०७५ १४:३२

काठमाडौं । भारतले दोश्रो दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ। बिहीबार भएको फाईनलमा नेपाललाई ३-१ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो। भारत अघिल्लो संस्करणको विजेता हो।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाईनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो। पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको बेष्ट अफ फाईभको खेलमा पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१-१२, २१-१७ ले पराजित गरे। अन्य खेलमा नेपालका खेलाडीहरुले लय समत्न सकेनन्। महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोद संग २१-८, २१-५ ले पराजित भईन्।

यस्तै पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१-१५, २१-१७ अंकको जित सुम्पे। अर्को खेलमा महिला जोडी तर्फ नेपालका जेशिका गुरुङ्ग र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टो संग २१-५, २१-५ ले पराजित हुंदै ३-१ को हार ब्यह्यो¥यो। नेपाल अघिल्लो संस्करमा पनि दोश्रो स्थानमा रहेको थियो।

नेपाल सहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलङ्का तेश्रो स्थानमा रहे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *