आज देखि सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु

डिसी नेपाल
१५ मंसिर २०७५ ९:३५

काठमाडाैं, १५ मंसिर ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछ। पाँचौ चरणको खेल अन्तर्गतको पहिलो खेलमा च्यासल युथ क्लब र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हलचोक मैदानमा हुने यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै टोलीले लिगमा अपेक्षित प्रर्दशन गर्न सकेको छैन । च्यासल ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । संकटा ९ अंक सहित छैँठौं स्थानमा छ ।

यस्तै दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । लिगमा सतप्रतिशत जित निकाल्न सफल मनाङ र विदेशी खेलाडीको प्रर्दशनमा राम्रो प्रर्दशन गरिरहेको सरस्वतीबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । मनाङ १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने सरस्वती ६ अंक सहित तालिकाको सातौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *