ए डिभिजन लिग सङ्कटा क्लब विजयी

डिसी नेपाल
१५ मंसिर २०७५ १२:२३

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यस जितसँगै सङ्कटाले तीन अङ्क जोडेको छ । उतm खेलको २३औँ मिनेटमा सङ्कटाले पेनाल्टीबाट अग्रता लिएको थियो । सङ्कटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका हुन । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरे ।

खेलको ४८औँ मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका हुन ।खेलको ८७औँ मिनेटमा च्यासलले गोल फर्काएको थियो ।सङ्कटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका हुन । त्यस पछि अन्तिमसम्म दुबै खेलमा गोल हुन सकेन र खेल सङ्कटाले २–१ ले जित्यो ।खेलको म्यान अफ दि म्याच सङ्कटाका नितिन थापा भए उनले रु १० हजार प्राप्त गरे । जितसँगै सङ्कटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पाँच खेलमा १२ अङ्क जोड्न सफल भएको छ । त्यसैगरी च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित चार अङ्कमै सीमित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *