म्यानचेस्टर युनाइटेडको खेलमा सुधार देखिएन, मोरिन्होको जागिर धरापमा

डिसी नेपाल
१६ मंसिर २०७५ ७:०६

काठमाडौँ, १६ मंसिर । म्यानचेस्टर युनाइटेडलाई अर्को धक्का लागेको छ ।गएराति भएको प्रिमियर लिगमा म्यानुले साउथह्याम्टनसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । यस सिजन झुर खेल खेलिरहेको म्यानुले पुन अंक बाढेको छ । दुई गोलले पछि परेको म्यानुले सानदार कमव्याक गर्दै बराबरी गर्न सफल भएको हो ।

खेलको १३ औ मिनेटमा स्टुरट आर्मस्ट्रोङले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए । खेलको २० औ मिनेटमा सेड्रिगले गोल गर्दै साउथह्याम्टनलाई दुई गोलको अग्रता दिलाए ।

तर, त्यसपछि म्यानुले खेलमा सानदार कमव्याक गरेको थियो । खेलको ३३ औ मिनेटमा रोमेलु लुकाकुले गोल फर्काए । खेलको ३९ औ मिनेटमा एण्डर हेरेराले बराबरी गोल फर्काए ।तर, दोस्रो हाफमा भने कुनै पक्षबाट गोल हुन सकेन । यो बराबरीसँगै म्यानुको १४ खेलमा २२ अंक भएको छ । म्यानु अंक तालिकाको सातौ स्थानमा रहेको छ । त्यस्तै साउथह्याम्टनको ९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *