रोनाल्डोको गोलमा यूभेन्टसको जित

डिसी नेपाल
१६ मंसिर २०७५ १५:४५

एजेन्सी । अपराजित सिरी ए लिडर यूभेन्टसले आइतबार शतप्रतिशत जित हात पर्नेक्रममा फोरेन्टिनालाई आफ्नो शिकार बनाएको छ ।

इटालियन सिरी ए मा आइतबार रोनाल्डोको पेनाल्टी गोलमा यूभेन्टसले फोरेन्टिनालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो ।

यूभेन्टसका लागि खेलको ३१ औं मिनेटमा रोड्रिगोले १८ यार्डबाट आकर्षक गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो आफमा एक शून्यको अग्रता लिएको यूभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलका ६९ औं मिनेटमा जर्जियो चिलिनीले गोल गर्दै टीमको अग्रता दोब्बर पारे । चिलिनीले १८ महिनाको लामो गोल खडेरीलाई अन्त्य गर्दै गोल गरेका हुन् ।

र चिलिनीले गोल गरेको १० मिनेटपछि यूभेन्टसका लागि गोल गर्ने अर्को अवसर जुर्यो । यसै सिजनबाट सिरी ए पुगेका पोचुगिच स्टार क्रिष्टियानो रोनाल्डोले १० औ गोल गर्नेक्रममा पेनाल्टीमाफर्त आफ्नो टीमका लागि तेस्रो गोल गरे ।

रोनाल्डोले यूभेन्टसका लागि खेलेका १४ खेलमा १० गोल गरेका हुन् । यो जितसँगै अपराजित रहेको यूभेन्टसको ११ अंक पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *