२—० गोलअन्तरले बार्सिलोना शीर्ष स्थानमा

डिसी नेपाल
१७ मंसिर २०७५ २:०४

। आइतबार राति भएको स्पेनिस ला लिगा फुटबले खेलमा भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २—० गोलअन्तरले पराजित गरेको छ ।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे ।खेलको ३५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनालाई २(० गोलको जित दिलाएका हुन् ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *