१–० गोलअन्तरले एभर्टन पराजित

डिसी नेपाल
१७ मंसिर २०७५ ३:१९

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दूरी कम गरेको छ ।आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डिभोक ओरिगीले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर बल नियन्त्रणमा राख्न सके पनि लिभरपुलले गोलको लागि अन्तिम समय नै कुर्नु परेको थियो । खेलको अतिरिक्त समयमा डिभोकले गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।

जितपछि लिभरपुलले म्यान्चेस्टर सिटीसँगको अंक दूरी दुईमा झारेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३६ अंक रहेको छ भने लिगको शीर्ष स्थानमा रहेको सिटीको ३८ अंक रहेको छ । यता पराजित एभर्टनभने २२ अंकको साथ लिगको छैटौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *