बार्सिलोना शिर्षस्थानमा उक्लियो, एट्लेटिको मड्रिड बराबरीमा सिमित

डिसी नेपाल
१७ मंसिर २०७५ ४:५०

काठमाडौँ, १७ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले भिया रियललाई २-० गोलले पराजित गरेको छ ।बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा जेरार्ड पीके र कार्लेस अलेनाले एक एक गोल गरे ।खेलको ३५ औं मिनेटमा पीकेको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गरे ।

१४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शिर्षस्थानमा उक्लेको छ ।सेभियाको २७ अंक छ ।आइतबार राति नै भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग एकएक गोलको बराबरीमा खेल खेल्यो । त्यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले जिरोनासँग एकएक गोलको बराबरी खेल खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *