शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

डिसी नेपाल
१८ मंसिर २०७५ २:०९

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छ।लतिलपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । लिगको पुछारमा रहेको एनआरटी र लिगको ११ औं स्थानमा रहेको एपीएफबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पाँच खेलमध्ये तीन खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफको चार अंक छ भने एनआरटीले अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले पहिलो खेलमा भने आर्मीलाई २(२ गोलको बराबरीमा रोकेको थियो । पछिल्ला चार खेलमा ऊ लगातार पराजित भएको छ ।

र आजै हुने अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल प्रतिष्ठाको लडाइँ समेत हो । किनभने संकटा लिगको चौथो स्थानमा रहँदा पुलिस लिगको पाँचौ स्थानमा छ ।

आज दुई बजेर ३० मिनेटमा सुरु हुने खेलमा संकटाले जित हात पारे लिग लिडर मनाङसँगको अंक बराबरी बनाउँदै दोस्रो स्थान कायम गर्ने छ । पुलिसले जित हात पारे १३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *