मेस्सी र रोनाल्डोलाई पछि पार्दै, मोड्रिचले जिते बालोन डी’ओर अवार्ड

डिसी नेपाल
१८ मंसिर २०७५ ५:०१

काठमाडौं । फुटबलका महान हस्तीहरुलाई पछि पार्दै विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन्।

फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा उनले रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको बर्चश्व अन्त्य गर्दै उनले पहिलो सो अवार्ड जितेका हुन्।

उनले रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका थिए। यसअघि पनि उनले यो वर्षको फिफा वर्ष खेलाडी अवार्ड जित्न सफल भएका थिए।

अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए। अवार्डकै दौडमा ब्राजिलका नेयमार, फ्रान्सका केलियन एम्बाप्पे, फ्रान्स कै राफायल भराने, एन्टोनी ग्रिजम्यान, इजिप्टका मोहम्मद सलाह, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुयनी, र इग्ल्यान्डका हृयारी केनलाई पछि पार्दै अवार्ड जितेका छन्।

सन् २००७ मा ब्राजिलियन काकाले यो अर्वाड जितेपछि लगातार १० वर्षयता मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए। मेस्सी र रोनाल्डोले ५५ पटक यो अवार्ड हात पारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *