दुर्व्यवहार गरेको आरोपमा लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपलाई कारबाही

डिसी नेपाल
१८ मंसिर २०७५ ६:२४

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपलाई फुटबल एसोसिएशनले कारबाही गरेको छ । खुसीयाली मनाउने क्रममा दुर्व्यवहार गरेको भन्दै एसोसिएशनले उनलाई कारबाही गरेको हो ।

एनफिल्डमा एर्भटनविरुद्वको खेलमा ९६ औ मिनेटमा जित हासिल गरेपछि प्रशिक्षक क्लोपले मैदानमा दगुर्दै खुसीयाली मनाएका थिए । उनी गोलकिपर एलिसनसंग गएर अंगालो हालेर खुसी साटासाट गरेका थिए ।

लिभरपुलले सो खेल १–० ले जित्दै प्रिमियर लिगको लिग लिडर म्यान्चेष्टर सिटी भन्दा २ अंकले पछाडी रह्यो । क्लोपले अन्तिममा सो गतिविधिमा माफी मागेका थिए ।

जर्मन प्रशिक्षक क्लोपले भने, ‘म माफी माग्छु । किनकी मैले अपमान गर्न खोजेको होईन । तर मैले आफुलाई समाल्न सकिन् ।’ ‘दौडने कुनै योजना थिएन तर जब मैले रोकिने इच्छा गरे तब म एलिसनको नजिक थिए । उनी आश्चार्यमा परेका थिए ।’ उनले थपे ।

एभर्टनका प्रशिक्षकले मार्को सिल्भाले क्लोपको गतिविधिमा कुनै टिप्पणी नरहेको बताएका छन् । ‘मैले कुनै अपमानको महशुश गरिन ।’ उनले भनेका छन् । एसोसिएशनले क्लोपलाई घटनाको बिषयमा स्पष्टिकरण सोधेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *