ए डिभिजन लिग: एपीएफको दोस्रो जित

डिसी नेपाल
१८ मंसिर २०७५ ७:२३

काठमाडौं । विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २ १ गोल अन्तरले हराएर एपीएफले दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन युवराज लामा र सुदिप शिख्राकारले एक एक गोल गरे । एनआरटीका राजेश परियारले एक गोल गरे।

जितसंगै एपीएफले पाँच खेलबाट ७ अंक जोडेको छ ।

लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *