सैफकी छोरी र चंकी पाण्डेकी छोरीको रोजाइमा कार्तिक

डिसी नेपाल
५ पुष २०७५ ५:०४

एजेन्सी। ‘सोनु के टीटू की स्वीटी’ बाट चर्चित भएका अभिनेता कार्तिक आर्यन यतिबेला चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको निकै नजिक भइरहेका छन्। केही दिन अगाडि अनन्या र कार्तिक आर्यन मुम्बईको एउटा रेस्टुरेन्टबाट निस्किँदै गर्दा देखिएको थियो। उनीहरुलाई फोटोग्राफरले देखेपछि कारमा गएर बसेका थिए। त्यति गर्दा पनि फोटोग्राफरले नछोडेपछि कार्तिले हातले आफ्नो अनुहार छोपेका थिए। यद्यपी अनन्या भने हासिँरहेकी थिइन्। उनीहरु डेट गरिरहेको हो वा होइन भन्ने विषयमा भने पुष्टि भएको छैन।

केही दिन अगाडि संचारमाध्यमलाई दिएको एक अन्तर्वातामा कार्तिकले आफ्नो निजी जीवनसँग जोडिएका विषयमा धेरै कुरा शेयर गरेका थिए। कार्तिकले भनेका थिए–हामी डिनर वा लञ्ज गर्न जाँदा पनि मानिसहरु डेट गएको रुपमा बुझ्छन्। जबकि त्यस्तो होइन। हामीहरु असल साथीमात्र हौं।’ अनन्या स्टुडेन्ट अफ द ईयर–२ बाट बलिउमा डेब्यू गर्दैछिन्। यो फिल्ममा उनीसँग टाइगर श्राफ र तारा सुतारियाले पनि अभियन गरेका छन्।

केही दिन पहिला सैफ अली खानकी छोरी सारा अली खान बुवासँग करन जोहरको च्याट शो ‘कफी विथ करन’ मा गएकी थिइन्। यो क्रममा करनले सारासँग जब डेटिङका विषयमा सोधे तब साराले कार्तिकसँग डेट गर्न चाहेको बताएकी थिइन्। अहिले अनन्या र कार्तिकलाई सँगै देखेपछि सारापछि अनन्याले कार्तिकलाई मन पराउन थालेको भारतीय संचारमाध्यमले जनाएका छन्। कार्तिक ‘सोनु के टीटू की स्वीटी’ की नायिका नुसरत भरुचासँग डेटमा रहेको समाचार सार्वजनिक भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *