२४ वर्षकी यी युवतीले सलमान खानसँग विवाह गर्ने
भारतीय अभिनेता सलमान खानको जिवनमा संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ जस्ता अभिनेतृ आए । तर उनको विवाह हुन सकेको छैन । उनको उमेर ५० नाघिसको छ । उनीसँग सम्बन्धमा हरेका धेरै महिलाको नाम चर्चामा रह्यो । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई चाहने युवतीहरु उनीभन्दा आधा कम उमेरका हुने गरेका छन् जो उनी भनेपछि मरिहत्ते गर्छन्।’
भारतीय सञ्चारमाध्यमका अनुसार २४ वर्षीया उर्वशी रौटेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानसँग विवाह गर्न चाहेको बताएकी हुन्। हेट स्टोरी–४ कि यी नायिकाले चर्चामा आउनका लागि पनि यस्तो भनेकी हुन सक्छिन् ।
सुन्दरी भएर पनि हिजोआज उनी खाली हात बसिरहेकी छन्। फिल्म बाबिलमा सारा जमाना बोलको आइटम गीतका कारण चर्चामा आएकी उनले फिल्मबाट भने चाहेजस्तो सफलता पाउन सकेकी छैनन्। उनी बलिउडमा राम्रो फिल्मको अफरको प्रतिक्षामा छिन्।
बलिउडका टेलिभिजन कार्यक्रमहरूमा युवतीहरू उनलाई प्रेम प्रस्ताव राखिरहेका र सलमान भने लाज मानिरहेका तथा जवाफमा मुस्कुराइरहेका देखिन्छन्। यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेतृ रहेकी छिन, जो उमेरले मात्र २४ वर्षकी हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment