मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया

डिसी नेपाल
२० पुष २०७५ ६:५९

चितवन,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य छन् । तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष थपलियाले अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजक, जिल्ला विकास समिति चितवनको उपसभापति रहेर पार्टीमा योगदान पु¥याएका छन् ।

खैरहनी नगरपालिका वडा नं ८ निवासी थपलियाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखका रुपमा रहेर काम गरिसकेका छन् । सल्लाहकार नियुक्त भएपछि उनले प्रदेश नं ३ लाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन सहयोगी बन्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *