नेपाली राष्ट्रिय क्रिकेट टोलीले पायो नयाँ प्रशिक्षक, को हुन् मुख्य प्रशिक्षक उमेश पटवाल ?

डिसी नेपाल
१७ जेठ २०७६ ९:०३

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षक पाएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको रुपमा उमेश पटलाललाई आइसीसीले नियुक्त गरेको हो । अब उनले आइसीसीबाट मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । पटवाल यसअघि नेपाली राष्ट्रिय टोलीका ब्याटिङ प्रशिक्षक थिए । यसअघिका मुख्य प्रशिक्षक जगत टमाटाको स्थान अब पटलालले लिनेछन् ।

नेपालको क्रिकेट बोर्डलाई आइसीसीले निलम्बन गरेका कारण अहिले नेपाली टोलीको व्यवस्थापन, खेलाडी तथा प्रशिक्षकको पारिश्रमिक वितरण, प्रशिक्षक नियुक्ति सम्बन्धी सबै व्यवस्थापन आइसीसीले गर्दै आएको छ । त्यसैले प्रशिक्षकको नियुक्ति पनि आइसीसीले नै गरेको हो ।

को हुन् नयाँ प्रशिक्षक पटवाल ?

उमेश पटवाल नेपाल विश्वकप छनोट खेल्ने बेला नेपाली टिमका ब्याटिङ कोचका रुपमा पहिलोपटक आएका हुन् । उनी २०१४ मा बंगलादेशमा भएको विश्वकपका बेला अफगानिस्तानका कोच थिए । उनले अफगानिस्तानलाई २०१४ को एशिया कपका बेला पनि प्रशिक्षण दिएका थिए । भारतको मुम्बइका उनलाई बीसीसीआइले लेभर २ र क्रिmकेट अस्ट्रेलियाले लेभल ३ स्तरको कोचको मान्यता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *