नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

डिसी नेपाल
१० साउन २०८१ १६:३७
16
Shares

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ।

श्रीलंकामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो। यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो। त्यतिबेला नेपालले जित हासिल गर्न सकेको थिएन।

यसपटक भने नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ। पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो। एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो। त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो। तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *