के विश्वकपमा बलिङ गर्ने तयारी गर्दैछन् विराट कोहली ? आफ्नो बलिङबारे यस्तो भने

डिसी नेपाल
२० जेठ २०७६ ६:२६

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा ब्याटिङमा धेरै रेकडृहरु छन् तर बलिङमा भने उनको प्रदर्शन उल्लेख्य छैन । उनले एकदिवसीय क्रिकेटमा ४ विकेट लिएका छन् र टि–२० अन्तर्राष्ट्रियमा पनि ४ विकेट लिएका छन् । टेस्टमा भने उनले १६३ बल बलिङ गरेको भए पनि विकेट लिन सकेका छैनन् । अहिले विराट कोहलीको बलिङ चर्चामा छ । उनले दक्षिण अफ्रिकाविरुद्ध हुने विश्वकपको खेलअघि आफ्नो बलिङबारे कुरा गरेका छन् ।

कोहलीका अनुसार उनको टिमका साथी खेलाडीले उनको बलिङमाथि विश्वास गरेको भए उनको नाममा पनि धेरै विकेट हुन्थे । कोहलीले भने ‘टिममा मेरो बलिङमाथि मलाई जति विश्वास छ त्यति विश्वास अरु कसैलाई छैन ।’

कोहलीले एक अन्तरवार्तामा भने ‘२०१७ मा श्रीलंकाविरुद्ध एकदिवसीय सिरिजमा हामीले लगभग सबै खेल जितिरहेका थियौं । एक खेलमा मैले महेन्द्र सिंह धोनीसँग सोधें कि के मैले बलिङ गर्न सक्छु । तर जब म बलिङको लागि तयार भएँ जसप्रित बुमराहले बाउण्डङबाट चिच्याउँदै भने – यो कुनै मजाक होइन अन्तर्राष्ट्रिय म्याच हो । त्यसपछि मैले कहिल्यै बलिङ गरिन ।

उनले बलिङसँग सम्बन्धित एक घटनाबारे चर्चा गरे । कोहलीले भने ‘जब म दिल्ली एकेडेमीमा थिएँ त्यतिबेला मैले जेम्स एण्डरसनले जस्तै बलिङ गर्ने प्रयास गरेको थिएँ । पछि जब मैले उनीसँग खेल्ने मौका पाएँ मैले उनीसँग यो कुरा भनें । हामी दुवै यो कुरामा धेरै हाँस्यौं ।’ इङल्याण्डमा विश्वकपको तयारी गरिरहँदा विराट कोहली नेटमा बलिङ गरिरहेका देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *