च्याम्पियन्स लिगको ‘टिम अफ द सिजन’मा लिभरपुलका ६ खेलाडी, नेयमार, एम्बाप्पे, सुआरेज परेनन्

डिसी नेपाल
२१ जेठ २०७६ १:१४

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका छन् । लिभरपुलका गोल किपर एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एन्डी रोबेर्टसन, भर्जिल भान डाइक, साडियो माने र जियोर्जिनियो विजनाल्डम रहेका छन् ।

त्यस्तै अयाक्सबाट पाँच खेलाडी म्याथिज डिलाइट, फ्रेन्की डी जोंग, दुसान टाडीक, हाकिम जियेच र डेभिड नेरेज टिममा परेका छन् । युइएफएको टेक्निकल कमिटीले छनोट गरेको यस टिममा उपविजेता बनेको टोटनह्यामका भने ३ खेलाडी मात्र छन् । टोटनह्यामबाट लुकास मौरा, जान भेरटोंगघेन र मौसा सिस्को रहेका छन् ।

यस्तै बार्सिलोनाका लियोनेल मेसी र गोल किपर मार्क एण्डर टेर स्टेगन परेका छन् । त्यस्तै युभेन्टसबाट भने क्रिस्टियानो रोनाल्डो मात्र यस टिममा परेका छन् । म्यानचेस्टर सिटीबाट रहीम स्टरलिङ र केभिन डी ब्रुन तथा लियोनबाट टंगी डोमबेले टिममा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *