विश्वकप क्रिकेटः भारतले दक्षिण अफ्रिकाको तथा न्युजिल्याण्डले बंगलादेशको सामना गर्ने

डिसी नेपाल
२२ जेठ २०७६ ४:५२

एजेन्सी । इंग्ल्याण्ड र वेल्समा जारी १२ संस्करणको विश्वकप आज दुई खेल हुदैंछन्। साउथह्याम्पटनमा हुने पहिलो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दैछन्।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन्। भारतले जारी विश्वकपमा आज पहिलो खेल खेल्दैछ। आफ्नो पहिलो खेल खेल्न लागेको भारतले जितका साथ प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

यस्तै सुरुवाती दुई खेल लगातार रुपमा हारेको दक्षिण अफ्रिकापनि आफ्नो हारको सिलसिला तोड्न चाहन्छ। दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।

आज पहिलो जितको खोजिमा रहेको दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ। अफ्रिकाले चोटका कारण आफ्ना दुईओटा प्रमुख बलरलाई गुमाउन पुगेको छ। कुमको चोटका कारण समस्यामा रहेका डेल स्टेन निको नभएपछि विश्वकपबाट बाहिरिएका छन भने अर्का बलर लुङ्गी एन्गिडी पनि चोटका कारण १० दिनका लागि विश्वकपबाट बाहिरिएका छन्।

यस्तै आजै हुने अर्को खेल न्युजिल्याण्ड र बंगलादेश बिच हुनेछ। ओभल मैदान लंडनमा साँझ ६ः१५ बजे हुने खेल सुरु हुनेछ। आफ्ना पहिलो खेल जितेका दुवै टोलीले आज दोस्रो जितको खोजिमा रहनेछन्। न्युजिल्याण्डले पहिलो खेलमा पाकिस्तानलाई १० विकेटले हराएको थियो भने बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *