बैज्ञानिकहरुलाई समृद्धि ल्याउने गरी अनुसन्धान गर्न आग्रह

डिसी नेपाल
२८ जेठ २०७६ ११:३६

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

पोखरेलले जनताका लागि उपयोगी नहुने ज्ञान तथा विज्ञानको कुनै पनि अर्थमा काम नहुने पनि स्पष्ट पारेका हाुन् ।

ललितपुरस्थित जावलाखेलमा मंगलबार एक कार्यक्रमका बीच ‘विज्ञान सडक मेला’ उद्घाटन गर्दै कार्यबहाक प्रधानमन्त्री पोखरेलले सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश साहले विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्नका लागि आश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सर्वसाधारणलाई समेत विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका नयाँ–नयाँ अवधारणाबारे जानकारी दिने उद्देश्यका साथ सो मेला आयोजना गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *