विप्लव समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न काँग्रेसलाई सञ्चारमन्त्रीको आग्रह

डिसी नेपाल
२६ असार २०७६ १८:४७

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्।

मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन्।

मन्त्री बास्कोटाले संविधान, कानून र शान्तिका विरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न गरे। भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो।

सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्युको व्यापार’ गरिरहेको आरोप लगाएको थियो। त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली काँग्रेसले कानून, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानवीनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्याए।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ। मन्त्री बास्कोटाले संसदीय समितिले छानवीन गर्दैमा सो समस्या समाधान नहुने दावी पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *