नेकपामा के–के भयो सहमति ?

डिसी नेपाल
१ साउन २०७६ १०:५८

काठमाडौं। लामो छलफल र वहशपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले एकता प्रक्रिया टुंगो लगाएको छ। नेकपाका अध्यक्षद्वय प्रधामन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मंगलबार बालुवाटारमा भएको छलफल अनुसार एकता प्रक्रियाका सम्पूर्ण बाँकी कामहरु टुंगो लगाइएको हो।

मंगलबार दुई अध्यक्षबीच भएको छलफलले विभागहरुको भागवण्डाको टुंगो लगाएको हो। भावभण्डाको टुंगो लागेपनि उक्त सहमतिलाई साउन पाँच गते बस्ने सचिवालय बैठकले पूर्णता दिने बताइएको छ।

दुई अध्यक्षबीच भएको सहमति अनुसार पार्टीका विभागमध्ये तत्कालीन एमालेको मागमा १८ विभाग परेका छन् भने तँकालीन माओवादीको भागमा १४ परेका छन्। भाववण्डामा सहमति जुटेपछि व्यक्तिको विषयमा भने छलफल भइरहेको छ।

दुई अध्यक्षबीच भएको सहमति अनुसार पार्टीका विभागमध्ये तत्कालीन एमालेको मागमा १८ विभाग परेका छन् भने तँकालीन माओवादीको भागमा १४ परेका छन्। भाववण्डामा सहमति जुटेपछि व्यक्तिको विषयमा भने छलफल भइरहेको छ।

‘वरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग प्रमुख र झलनाथ खनाललाई नीति तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव अध्यक्षद्वयले तयार गरेका छन,’ स्रोतले भन्यो, ‘अझै यो विषयमा छलफल चलिरहेको छ। सचिवालयमा यही प्रस्तावमाथि सहमति जुटाएर जिम्मेवारी तोकिने सम्भावना छ।’

स्रोतका अनुसार वामदेव गौतमलाई किसान, नारायणकाजी श्रेष्ठलाई प्रचार तथा प्रकाश विभाग र सुवास नेम्वाङलाई संसदीय विभागको जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको छ। संगठन विभाग र स्कुल विभागमा भने सहमति जुट्न सकेको छैन।

संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ। संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ।

केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ। त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *