आज साउन १५ अर्थात खीर खाने दिन
काठमाडौं । आज साउन १५ अर्थात खिर खाने दिन, नेपालीहरुले आज खीर खाएर यो पर्व मनाउँदैछन्। असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने प्रचलन छ।
वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको इतिहाँसविद् बताउछन्। परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन्।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ। त्यस्तै मंसिर पुर्णिमामा यमरी खाने चलन नेवार समुदायमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment