बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै
मुम्बइ। बलिउडमा अभिनेत्री सुस्मिता सेन र रोहमन स्वालको प्रेम धेरै चर्चामा रहन्छ। यो जोडिलाई धेरै मन पनि पराइन्छ। यी दुवैलाई सामानिक सञ्जालमा एकअर्काप्रति माया प्रर्दशन गर्दै गरेको देखिन्छ। यो जोडीलाई एकैसाथ देख्न थालिएको एक वर्ष भयो।
लामो समयको डेट पनि उनीहरुले आफू प्रेममा भएको कुरा सार्वजनिक गरेका थिए। तर अहिले भने यो जाडिले विवाह गर्ने निर्णयमा पुगेको खबर सार्वजनिक भइरहेको छ।
सञ्चार माध्यमका अनुसार सुस्मिता र रोहमन यही वर्षको नोभेम्बर अथवा डिसेम्बरमा विवाह गर्दैछन्। उनीहरु विवाहको तयारीमा रहेको बताइएको छ। रोहमनले विवाहको लागि सुस्मितालाई प्रस्ताव राखेका थिए, उनीहरु जाडो महिनामा विवाहको योजना गर्दैछन्।
उनीहरु पहिलो पल्ट एक फेसन कार्यक्रममा भेटेका थिए, रोहमनले सुस्मितासँग इन्स्टाग्राममा म्यासेज पठाएपछि उनीहरुबिच कुराकानी सुरु भएको बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment