‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारले रोजगारी पाएकाे सरकारको दाबी

डिसी नेपाल
१६ साउन २०७६ १७:३२

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्षभित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो।

सबै स्थानीय तहमा ६ हजारभन्दा बढी आयोजना सञ्चालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्षभित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए।

उनले बजेट कम भएपनि नेपालको ईतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको पनि बताए। सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो।

थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु सञ्चालन गरि सरकारले सो कार्यक्रममार्फत गरिव समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाई छ।

मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानूनी र संरचनागत आधार तयार पारिसकेको दावी पनि गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *