आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री खनालको चेतावनी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री खनालले बिहीबार आफ्नो मन्त्रालयको एक वर्षे कामको समिक्षात्मक बैठक आयोजना गरी दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कडा कार्वाही गर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले मन्त्रालयको चालू आर्थिक वर्षको कार्ययोजना पूरा गर्ने प्रतिवद्धतासहितको ‘कार्ययोजना सम्झौता’ गरेको स्मरण गराउँदै त्यसलाई पूरा गराउने काममा लागि पर्न पनि मातहतका सबै कर्मचारीहरुलाई सचेत गराए।
उनले गत वर्ष ‘कृषिमा युवा’ कार्यक्रम सञ्चालन गर्न नसकिएको दृष्टान्त दिँदै त्यसलाई चालू आर्थिक वर्षमा कसरी संचालन गर्ने रु भन्ने स्पष्ट दृष्टिकोण बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए। मन्त्री खनालले केही कर्मचारीहरुले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आक्रोश पनि व्यक्त गरे।
मन्त्री खनालले काम गर्न नसक्ने आयोजना भए आफूलाई अहिल्यै जानकारी गराउन पनि कर्मचारीहरुको ध्यानाकर्षण गराए। उनले कृषि उत्पादनमा जोड दिँदा जनसंख्याको अनुपातलाई नियालेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment