आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम

डिसी नेपाल
१७ साउन २०७६ ६:५४

काठमाडौं । आज (शुक्रबार) देशभरको मौसम बदली भएर केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको मनसुनको न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।

देशभर दिउँसो भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तो रहेको छ आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण १७ गते (शुक्रबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू–भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण १८ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते (आईतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *