समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए।
समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो।
समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन्। समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment