‘औद्योगिक पार्क’ निर्माणका लागि डिपीआर तयार पार्न चिनियाँ कम्पनीलाई अनुमति

डिसी नेपाल
१७ साउन २०७६ २०:०९

काठमाडौं । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने अनुमति दिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो।

६४ अर्व नेपाली रुपैयाँमा निर्माण गर्ने सो पार्कको डिपीआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ। त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

त्यसैगरी तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिन भित्र चाईना कन्सट्रक्सन पावर र जापान–कतारको ज्वाईन्ट भेन्चरमा संचालित एक कम्पनीलाई प्रस्ताव पेश गर्न पनि आह्वान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *