अमेरिकामा फेरि गोली चल्यो, ओहायोमा नौ जनाको मृत्यु

डिसी नेपाल
१९ साउन २०७६ १४:३१

वासिङ्टन। अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। (रासस-एएफपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *