पूर्व युवराज्ञी हिमानी शाहद्वारा ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा

डिसी नेपाल
१९ साउन २०७६ १५:४२

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको जनाइन्।

पूर्व युवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको जानकारी दिइन्। हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *