प्रधानमन्त्रीलीले आफ्नो उपचार खर्च आफै गर्ने

डिसी नेपाल
१९ साउन २०७६ १७:२५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्चे स्वयम ओलीले नै व्यहोर्ने भएका छन् । शनिबार साँझ सिङगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च मात्र सरकारले व्यहोर्ने बताएका छन् । ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन’ उनले भने, ‘प्लेन खर्च बाहेक अरु उहाँको निजी खर्च हुनेछ ।’ बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *