अवैध वैदेशिक रोजगारीमा पठाउने सेटिंगमा संलग्न अध्यागमनका अधिकृत अख्तियारको फन्दामा
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ‘सेटिंग’ मिलाएर अवैध रुपमा नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ ।
कतार र दुबईका लागि भिजिट भिसाका लागि बिचौलियासँग मिलेर अधिकृत पराजुलीले प्रस्थान अनुमति दिएको अख्तियारले जनाएको छ । वैदेशिक रोजगारीमा जाने सिलसिलामा श्रम स्विकृति नलिई कतार, दुबई ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई बिचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिएको र त्यसको ई अभिलेख समेत नराखेको पाइएकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनले बिचौलियासँग मिलेर ‘डिपार्चर स्टाम्प’ लगाई अभिलेख समेत गायब पारेको उजुरीमा छानबिन गर्नका लागि मंगलबार पराजुलीलाई नियन्त्रणमा लिइएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment