ग्लोवल टि २० : सोमपाल आवद्ध विनिपेगका खेलाडीलाई फिक्सिङको अफर

डिसी नेपाल
२२ साउन २०७६ २३:५१
4
Shares

काठमाडौं। नेपाली खेलाडी सोमपाल कामी आवद्ध रहेको क्यानडाको ग्लोवल टि ट्वान्टी क्रिकेटको फ्रेन्चाइज क्लव विनिपेग हक्सका एकजना खेलाडीले म्याच फिक्सिङको अफर आएको बताएका छन्।

पाकिस्तानी खेलाडी उमर अकमलले विनिपेगकै अफिशियलले फिक्सिङका लागि आफुलाई भनेको बताएका छन्। उनले विनिपेगका अफिशियल मन्सुर अख्तरले म्याच फिक्सिङ गर्न आग्रह गरेको बताएका छन् । अख्तर पाकिस्तानकै पूर्व खेलाडी हुन् ।

पाकिस्तानका पूर्व क्रिकेटर अख्तरले म्याच फिक्सिङ गर्न आग्रह गरेपनि अकमलले त्यसलाई अस्वीकार गरेको बताएका छन्। उनले यो विषयमा पाकिस्तान क्रिकेट बोर्ड र ग्लोवल टि ट्वान्टी प्रतियोगिता आयोजकलाई जानकारी दिएका छन्। गत वर्षबाट शुरु भएको ग्लोवल टि ट्वान्टी दोस्रो संस्करणसम्म आईपुग्दा विवादित बनेको छ ।

बुधबारको खेल पनि खेलाडीलाई पैसा नदिएको विषयले शुरु हुन सकेको छैन । विनिपेगमा नेपाली फास्ट बलर सोमपाल कामी ३ हजार डलरमा आवद्ध भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *