ग्लोवल टि २० : सन्दीप प्लेइंग सूचीमा, टस हारेको टोरन्टो पहिला ब्याटिंग गर्दै

डिसी नेपाल
२३ साउन २०७६ ०:२२

काठमाडौं। प्राविधि कारण भन्दै रोकिएको ग्लोवल टि २० को बुधबारको खेल ढिला गरी शुरु भएको छ । क्यानडाको ब्राम्पटनमा नेपाली खेलाडी आवद्ध टोरन्टो नेशनल्स र मन्ट्रेरियल टाइर्गसबीचको खेल शुरु भएको हो। खेलाडीले पैसा नपाएका कारण खेल्न नमानेपछि रोकिएको भनिएको सो खेल २ घण्टा ढिला शुरु भएको हो।

सन्दीप आवद्ध टोरन्टोले प्लेअफमा पुग्न जित्नैपर्ने दबाबको खेलमा टस हारेपछि पहिला ब्याटिंगको निम्तो पाएको छ। सन्दीपले यो खेलमा पनि मौका पाएका छन्। कप्तान युवराज सिंहले सन्दीपमाथि निकै विश्वास देखाइरहेका छन्। यो समाचार तयार पार्दासम्म टोरन्टोले विना क्षति २ ओभरमा ११ रन जोडेको छ । चिराग शुरी र रोड्रिगो थोमस मैदानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *