स्कुल विभाग प्रमुखका विषयमा नेकपा अझै अनिर्णित

डिसी नेपाल
२४ साउन २०७६ ७:३३

काठमाडौँ। पार्टी एकता प्रक्रिया करिव करिव टुङ्ग्याएको सत्तारुढ नेकपाभित्र स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन।

स्कुल विभागकै विषयमा सहमति नजुट्दा नेकपाको सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको थियो। यो बीचमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा छन् भने अर्का अध्यक्ष प्रचण्डले परिवारसहित दुबई घुमेर स्वदेश फर्किएका छन्।

अब प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि  साउन २८ गते नेकपाको स्थायी कमिटी बैठक बस्ने तय भएको छ। तर यो बीचमा पनि स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा सहमति भइसकेको छैन। पूर्व एमालेको भागको परेको यो विभागमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन चाहेका छन्।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ३१ मा विभागसम्बन्धी व्यवस्था छ। नेकपाको नियमावलीमा ३२ विभाग रहने व्यवस्था छ । यी विभागमध्ये १८ तत्कालीन एमाले र १४ तत्कालीन माओवादी केन्द्रले पाउने सहमति यसअघि नै बनिसकेको छ।

तर पूर्व माओवादी केन्द्रले स्कुल विभागका पोखरेललाई ल्याउन नहुने अडान राख्दै आएको छ। पूर्व माओवादीले स्कुल विभागमा दाबी गरेको छ। ।स्कुल विभागका लागि आकाङ्क्षी बढेसँगै नेतृत्वले कसलाई जिम्मेवारी दिने भन्नेबारे निर्णय गर्न सकेको छैन। स्कुल विभागको दाबेदार  प्रवक्ता श्रेष्ठ पनि हुन्। श्रेष्ठका अतिरिक्त सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि स्कुल विभागको प्रमुखमा दाबी गर्दै आएका छन्।

यसअघि, अध्यक्षद्वयबीच पार्टीका अन्य विभागहरूको नेतृत्वमा भागबन्डा मिलिसकेको छ । पूर्व–एमालेले पाएका विभागहरूमा नामहरू पनि टुङ्गो लागिसकेको छ । तर, सचिवालय बैठक बस्न नसक्दा ती नामसमेत अनुमोदन हुन सकेका छैनन्।

यसअघि, असार ५ गतेको सचिवालय बैठकमा एकता टुङ्ग्याउने बताइएको थियो। सो बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्दै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको थियो। विवादकै कारण विभागहरूको भने टुंगो लगाउन सकेको छैन।

अन्य विभागहरू सहजरूपमा भागबन्डा मिले पनि स्कुल विभागका विषयमा भने अध्यक्षद्वयबीच पहिलेदेखि नै कुरा मिल्न नसकेको एक नेताले बताए। ‘अन्य विभागका विषयमा सहमति बन्यो,’ उनले भने, ‘स्कुल विभागमा कसले नेतृत्व गर्ने भन्ने विषयमा पहिलेदेखि नै कुरा मिलेको छैन ।’

नेकपाको अन्तरिम विधान २०७५ को धारा ३१ मा विभागसम्बन्धी व्यवस्था छ। नेकपाको नियमावलीमा ३२ विभाग रहने व्यवस्था छ । यी विभागमध्ये १८ तत्कालीन एमाले र १४ तत्कालीन माओवादी केन्द्रले पाउने सहमति यसअघि नै बनिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *