कविता : शब्द

दिनेश घिमिरे
१५ वैशाख २०८१ ७:४६

शब्द शब्द मिलाउँछु भाव बनाउँछु
शब्द जोड्छु शब्दमा मन मिलाउँछु
भाव र मनका शब्दहरूमा कथा बनाउँछु
यस्तै कथाहरूमा जीवनको ब्यथा मिलाउँछु
धेरथोर आफैंमा मिलाउँछु र जीवन बनाउँछु।।

केही शब्दहरू अनवरत यताउता भाग्छन्
अनेकन् प्रयत्न गर्छन् जीवनरंग बनाउन
सम्पूर्ण शब्दहरू केलाउँछु स्वभाब बनाउँछु
शब्दहरूको मेल बनाँउछु आफैंलाई कैद गर्छु
धेरैथोर आफैंमा मिलाउँछु र जीवन बनाउँछु।।

शब्दसँगै सुत्छु अनि शब्दसँगै उठ्छु
कहिले शब्द लुकेर उठ्छ कहिले दुखेर
प्रबृत्ति नमिल्ने शब्दहरूसँगै सुत्छु उठ्छु
शब्दहरूको बेमेललाई आँशु बनाउँछु
धेरथोर आफैमा मिलाउछु र जीवन बनाउँछु।।

शब्दहरू आफ्नै बिबिध सबालहरूमा खेल्छन्
कहिले शब्दको जबाफ कथाबाट मिलाएर दिन्छु
कहिले शब्दको जवाफ आफैं भित्र खोजिरहन्छु
शब्दको सबाल जवाफमा कहानी बनाइरहन्छु
धेरैथोर आफैंमा मिलाउँछु र जीवन बनाउँछु।।

शब्दमा आफ्नै जीवन शैली मिलाउन खोज्छु
केही शब्द आफैंमा हराउँछन् केही भाग्छन्
बेअर्थका शब्दहरू जथाभावी मडारिछन्
शब्दहरू न कथामा मिल्छन् न ब्यथामा
फेरि शब्दहरू जथाभावी मिलेझैं गर्छन्
शब्दार्थमा जीवन समयसँग मूल्य खोजी रहन्छ।।

विरूवा, भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *