पशुपतिनाथमा वृक्षारोपण गर्दै वन मन्त्रीले भने–सहर हरियाली बनाउने सरकारको अभियान
काठमाडौँको पशुपति क्षेत्र नजिकैको कैलाश डाँडामा वृक्षरोपण कार्यक्रमपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सामूहिक तस्वीर खिचाउँदै पशुपति विकास कोषका सदस्यहरु । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्। मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको बताए।
उनले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराए। भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढदो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतीको रुपमा उभिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्ष भित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिनु परेको बताए।
मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment