भारतले अफगानिस्तानलाई दियो लखनउको रंगशाला

डिसी नेपाल
२५ साउन २०७६ ८:२६

एजेन्सी । अफगानिस्तानले भारतको लखनउस्थित इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार अफगानिस्तानलाई घरेलु मैदानको रुपमा इकाना रंगशाला प्रयोग गर्न दिने निर्णय गरेको छ ।यसअघि अफगानिस्तानले देहरादुनको राजिब गान्धी रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो ।

अफगानिस्तानले इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने भएपछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट खेललाई अन्य स्थानमा सारेको छ । अब भारतले पुने र राँचीमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *