अबको दशक समृद्धि र विकासको हो : अध्यक्ष ‘प्रचण्ड’

डिसी नेपाल
२६ साउन २०७६ ६:३२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक समृद्धि र विकासको दशक भएको बताएका छन्। ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार सबैका लागि अवसर भएको जिकिर गरे।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालद्वारा आयोजित चौँथो सामुदायिक वन दिवसलाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताले शक्तिशाली सरकार बनाएका छन्, हामी असफल भयौँ भने नेपाल राष्ट्र असफल हुन्छ, राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ।”

उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली जनतालाई राहत दिनका लागि र सेवा प्रदान गर्नका लागि हो, उनले भने। सबैबाट कर उठाएर भार जनताको थाप्लोमा थोपर्ने उद्देश्य सरकारको नभएको उनको भनाइ थियो । सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई अगाडि बढाउने अहिले राम्रो अवसर भएको उनले बताए।

वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझ धेरै गर्न बाँकी रहेकाले आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसारको निर्वाचन र त्यसअन्तर्गत ऐन नियमको निर्माणको प्रक्रियामा रहेको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *