अन्तिम समयमा केनले दुई गोल गरेपछि टोटेनहम विजयी

डिसी नेपाल
२६ साउन २०७६ ७:१८

एजेन्सी । ह्यारी केनको अन्तिम ४ मिनेटमा दुई गोल गरेपछि टोटेनहमले ईङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई हराउँदै विजयी सुरुवात गरेको हो।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा केनले दुई गोल गरेपछि एस्टन भिल्ला ३–१ गोल अन्तरले पराजित भयो । टोटेनहम घरेलु मैदानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको भिल्लासंग पराजित हुने अवस्थामा रहेको थियो। तर खेलको अन्तिम १७ मिनेटमा तीन गोल गर्दै हारबाट जोगियो।

जोन म्याकगिनले खेलको नवौँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तान्गे नेडोम्बेले ७३ औँ मिनेटमा घरेलु टोलीलाई बराबरीको स्थितीमा ल्याए । ८६ औँ मिनेटमा केनले गोल गर्दै टोटनहमलाई जितको बाटोमा अग्रसर बनाए । खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोटेनहमको जित सुनिश्चित गराए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *